संसद बैठक पहिले एमाले संसदीय दलको बैठक बस्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

संसदीय दलको बैठक आइतबार मध्यान्ह १२ बजे बस्ने भएको हो ।

बैठकमा प्रतिनिधिसभाको आजको बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल हुने जनाइएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गर्दै आएको छ ।

एमाले स्थायी कमिटी बैठकले संसदको अवरोध जारी राख्ने निर्णय समेत गरेको छ । यसर्थ आजको संसद बैठकमा पनि एमालेको अवरोध जारी रहने भएको हो ।

संसदीय दलको बैठकमा आगामी रणनीतिको सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिए ।

  • २७ भाद्र २०७८, आईतवार १२:३२ प्रकाशित