असन्तुष्टिलाई सम्बोधन नगरि एमसीसी लागू गर्नु हुदैँन : राजेश हमाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार गर्नेरनगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ । यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को विरोध भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् ।

फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरुद्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बिग्रँदो छविका कारण नेपाली जनता एमसीसीको विरुद्धमा भएको र जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन् ।

सार्वजनिक भिडियोमा हमालले भनेका छन्, ‘अहिले जल्दोबल्दो विषय मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत अमेरिकाको सहयोग नेपाल भित्रिँदै छ । त्यसलाई लिएर नेपाली नागरिकहरु संवेदनशीलता प्रकट गर्ने मात्रै नभएर आक्रोशको आवाज, विद्रोहको आवाज प्रकट गरेर विद्रोहमा उत्रिनु भएको छ । यसप्रति राज्य संवेदनशील हुनु जरुरी छ ।’

उनले थप भनेका छन्, ‘नागरिकको भावनामा ठेस पु¥याएर, चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पनि पर्छ ।’ त्यस्तै नेपाली जनता नै एमसीसीविरुद्ध भएकाले यो विषयमा अमेरिकी निकायसँगै सम्बन्धित अन्य निकायले ध्यान दिनुपर्ने र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।

  • २६ भाद्र २०७८, शनिबार १६:१२ प्रकाशित