२,१९५संक्रमण मुक्त, थप १,२६८ जनामा संक्रमण, ९ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालमा थप १ हजार २६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८७५ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार १९५ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको निधन भएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या ३१ हजार ८२६ छ ।

  • २० भाद्र २०७८, आईतवार १६:३८ प्रकाशित