भारतीय कस्मिरका अलगाववादी नेता सैयद अली शाह गिलानीको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।
भारतीय कस्मिरका अलगाववादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । भारतीय समाचार स्रोतले गिलानी परिवारका अनुसार ९२ वर्षको उमेरमा बुधबार अबेर राति उनको निधन भएको बताएका छन् ।

सैयद अली शाह गिलानी कस्मिरका अलगाववादी संगठनको समूह हुर्रियत कन्फ्रेन्सका संस्थापकमध्ये एक हो ।  अहिले यो दल निष्क्रिय छ ।

जम्मु–कस्मिरका पूर्वमुख्यमन्त्री मुफ्तीले ट्विट गर्दै भनेका छन्, ‘गिलानी साहबको निधनको खबरले दुःखी तुल्याएको छ। धेरै मुद्दामा हामीबीच मतभेद थिए तर म उनको सम्मान गर्छु। अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिऊन् र परिवारजनलाई सहने शक्ति प्रदान गरुन्।’

गिलानी १५ वर्षसम्म पूर्व जम्मु कस्मिर राज्यका ८७ सदस्यीय विधान सभामा सदस्य थिए। उनी सन् १९७२, १९७७ र १९८७ मा तत्कालीन जम्मु–कस्मिर विधान सभामा सोपोरबाट सदस्य थिए।

  • १७ भाद्र २०७८, बिहीबार ०८:२७ प्रकाशित