खेलकुद


अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन...

फुटबल खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय महिला फुुटबल टिमका सदस्यहरुसँगको भेटका क्रममा...

नेपाली राष्ट्रिय टोलीकी फरवार्ड साम्बा फ्रान्स लागिन्

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् ।बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्न फ्रान्स लागेकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ...

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् । तामाङकै प्रशिक्षणमा गएको...

साफ महिला च्याम्पियनसिप : उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सिमित

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोलमा...

पहिलो हाफमा नेपाल र बंगलदेशको गोलरहित बराबरी

पोखरा । साफ महिला च्याम्पियनसिपको फाइनलको पहिलो आफ घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरीमा सकिएको छ। । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी पहिलो हाफ सकिँदा दुवै टोलीले केही अबसर जुटाएपनि गोल गर्न सकेनन् । खेलको दोस्रो मिनेटमा नै गिता रानाले...

प्रधानमन्त्री ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल रंगशालामै गएर हेर्ने

काठमाडोँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै गएर हेर्ने भएका छन् । प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेशबिच खेल आज साँझ ६ः३० बजे हुँदैछ । प्रतियोगिताको अवलोकन गर्न तथा पुरस्कार...

नेपाल र बंगलादेशबीचको खेल पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा देखाइने

पोखरा । साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज साँझ हुने नेपाल र बंगलादेशबीच खेल पोखरा महानगरपालिकाले डिजिटल डिस्प्ले बोर्डबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज साँझ ६ बजेर ३०मिनेटको समयमा सुरु हुने खेलको प्रशारण महानगरले पोखराको पृथ्वीचोकमा...

नेपाल–बंगलादेशको फाइनल खेलको टिकट काट्नेहरु बिहानैदेखि लाइनमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको छ । तर आठ नबज्दैदेखि...