खेलकुद


सेन्ट्रल एसियन भलिबलको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । जेठ ८...

ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम

पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका...

खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा आभार व्यक्त

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरामा बसेको सत्ताइसौ बैठकले गण्डकी प्रदेशको गौरवको रुपमा...

एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

काठमाडौं । एसियन क्रिकेट काउन्सिल ९एसीसी०को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा सर्ने सम्भावना बढेको छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादका कारण पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको हो। भारतीय अनलाइन इन्डियन एक्सप्रेसले...

सातौं पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी करण र साम्बा

पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको...

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक

पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहिबार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव...

वर्ष उत्कृष्ट खेलाडीको प्रतिष्पर्धामा करण, गंगा र प्रदीपबिच

पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की...

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

काठमाडौं । सरकारले कार्यविधिमा भएको भन्दा १ लाख रुपैयाँ बढाएर क्रिकेट खेलाडीलाई पुरस्कार दिने भएको छ ।एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई...

पोखरा स्पोर्ट्स अवार्डको तयारी तिव्र

पोखरा । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र बनेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ । अवार्ड...