समाज


१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादेलाई घुससहित पक्राउ परेको छ । भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ...

पोखरामा लागू औषध गाँजासहित एक युवक पक्राउ

पोखरा । पोखरामा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १३ गौडामुख बस्ने वर्ष २३ का शिशिर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले शिशिरलाई प्रतिवन्धित लागूऔषध गाजाँसहित अस्ति...

पार्किङमा राखेको जिप चोर्ने पोखरा १४ खाल्टेमसिनाका गोविन्द पक्राउ

पोखरा । पोखरामा जिप चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिप चोर्ने पोखरा महानगरपालिका वडा १४ खाल्टेमसिना बस्ने २० वर्षका गोविन्द परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको...

सन्दीपविरुद्ध जाहेरी दिने युवतीको तस्विर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला-२६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्यूरोले संखुवासभाका ३२ वर्षीय राई थरका युवकलाई पक्राउ गरेको हो । यसअघि गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक...

पुस महिनामा मात्रै ६५ हजार नेपाली बिदेसिए

काठमाडौं । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित)लिएका छन् । जसमा ५९ हजार ७२९ पुरूष...

चिनियाँ महिलामाथि कुटपिट आरोपमा माओवादीका नेतासँग स्पष्टीकरण माग

काठमाडौँ । चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका एक नेतालाई स्पष्टीकरण सोधिएको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण माग गरेको हो । केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई...

काठमाडौँमा नक्कली रक्सी बनाउने कारखाना भेट्टियो , ९ जना पक्राउ

काठमडौँ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले...

न्यायाधीश भुवन गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीश द्वय डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश गिरीलाई थुनामै राखेर...

३० महिनापछि निजी निवास फर्किए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन...