समाज


१ के.जी गाँजासहित अजय घर्ती पक्राउ

पोखरा । पोखरामा एक युवक अवैध गाँजासहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माछागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् । काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको...

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरी सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडकमा को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल...

करेन्ट लाग्दा कोशी टप्पु आरक्षको रैथाने मकुना हात्ती मर्‍यो

काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षमा एक हात्तीको मृत्यु भएको छ । आरक्षको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । आरक्षकाको अनुसार चरनका क्रममा...

इन्टरनेटको तार काटेको भन्दै क्यान महासंघको विरोध

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानहरुमा इन्टरनेटको फाइबर तार काट्दा देशका अधिकांश ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले खेद...

बैंककमा उपचाररत पुनको जण्डिसको मात्रा ३४ बाट २७ मा झर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को जण्डिसको मात्रा घटेको छ । थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको जण्डिसको मात्रा घटेर २७ मा झरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको...

इन्टरनेटको निर्वाध उपयोगको व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै...

गर्भपतन गर्न पाउनुपर्ने भन्दै अमेरिकाको ५० वटै राज्यमा प्रदर्शन

काठमाडौं । गर्भपतनमा रोक लगाउने कानुन विरुद्ध अमेरिकामा विरोध प्रर्दशन भएको छ । गर्भपतन महिलाको अधिकार बताउँदै सो विरुद्ध बनेको कानुन स्वीकार्य नहुने भन्दै अमेरिकाका महिलाहरुमा प्रर्दशनमा उत्रेका हुन् । महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार लगायतका नारा लगाउँदै...

सामुहिक बलात्कारपछि बेहोस भएकी महिलाको मृत्यु

महोतरी । महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोलका ३५ वर्षीया एक महिलाको सामुहिक बलात्कारपछि मृत्यु भएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी उनको विहीवार राती मुत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान करिब २ बजे नम्बर नखुलेको मोटरसाइकमा आएका...

म्याग्दीः ताकममा अन्न संकट हुन नदिन धर्मभकारीमा अन्न भर्ने प्रचलन कायमै

गलेश्वर। म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ । धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन...