समाज


साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा रहेको छ...

मध्यराती घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको ज्यान गयो

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी...

पोखरा १३ मा जब फेयर, करिब दुई हजारले गरे अवलोकन

पोखरा । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त फेयर भएको हो । फेयरमा करिब दुई हजारले अवलोकन गरेको वडाले जनाएको छ । स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयरलाई माछापुच्छ्रे बैंकका...

माछा मार्न जाँदा बेपत्ता भएका मानबहादुरको शव ५ दिनपछि भेटियो

पोखरा। पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा बेपत्ता भएका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ मृत भेटिएका छन् । फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका उनको शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...

२१ दिनदेखि बेपत्ता पोखराका तेजराज सडेको अवस्थामा मृत भेटिए

पोखरा । २१ दिनदेखि हराइरहेका पोखरा महानगर ३० का तेजराज ओझा मृत अवस्थामा भेटिएका छन् । सेती नदी किनार गगनगौंडा तलमा उनको शव सडेको अवस्थामा फेला परेको हो । माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत...

सरकारले दुग्ध उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने

काठमाडौँ । दूध किसानलाई भुक्तानी दिनका लागि दुग्ध उद्योगीलाई सहुलियत ऋणका लागि सरकारले सहजीकरण गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ । सो मार्फत विक्री हुन नसकेको दुग्धजन्य पदार्थको मौज्दात विवरण सङ्कलन गर्ने र आन्तरिक...

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर डलर एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ गरिँदै

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन्। पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ...