पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्।उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले...
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो । नेपाल बैंकसञ्चालक...
काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए। ती...
महोत्तरी । महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर गएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो ज्यान गएको...
तेल अभिभ । हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए । हमास र इजरायलबिच भएको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।यस्तै आज...
दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । ज्यान जानेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती...
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट ज्यान गएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट ज्यान...
पोखरा । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात...