समाज


एनसेलको शेयर खरिद ब्रिकी प्रकरण : आजियाटाले भन्यो, ‘नेपालको कानुनको पूर्ण पालना गर्न प्रतिवद्ध छौं’

काठमाडौ । एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै नेपालको कानूनको पालना गर्न प्रतिबद्ध रहेको जनाएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम...

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

काठमाडौं । प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार,...

काठमाडौंका अवैध फार्मेसी पसललाइ मेयर बालेनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । बुधबार विहान मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर ( सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।यस्तै...

कांग्रेस कास्कीद्वारा भूकम्पपीडितलाई ८ लाख सहयोग

पोखरा । नेपाली कांग्रेस कास्कीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । पार्टी निकट नेता कार्यकर्ता र सङ्घ संस्थाबाट उठाएर ८ लाख २ हजार रुपैयाँ सहयोग गरेको हो । यसबाहेक ४२ हजार बराबरको कुर्ता सुरुवाल र १७ हजार बराबरको साडी र सुट पनि सहयोग...

एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ । लेखा समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको...

सोती हत्याकाण्ड : २३ जनालाई जन्मकैदको फैसला (नामसहित)

काठमाडौँ । रुकुम पश्चिमको सोती घटनामा संलग्न भनी मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश...

पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा । पोखरामा ऋग्वैदिक हिमालय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मंसिर २१ गते र २२ गते लेकसाईडमा रहेको कुटी रिसोर्टमा सम्मेलन हुने आयोजक मुक्त फाउण्डेशनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । दुइ दिन चल्ने उक्त सम्मेलनको गण्डकी प्रदेशका...

टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट...