समाज


दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो । उपचारमा आउनेमध्ये...

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो, दुई घाइते

सुर्खेत । ट्याक्टर दुर्घटनामा परी सुर्खेतमा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका ट्याक्टर चालक २७ वर्षीय वीर परियार रहेका छन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २...

प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको सुरक्षा कार्यालयमा सरुवा भएका हुन् । इन्स्पेक्टर माधव केसीलाई...

गाजाको अस्थायी मस्जिदमा आक्रमण, कम्तीमा २२ जना मारिए

जेरुसेलम । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको अस्पतालका एक अधिकारीले जनाएका छन् । अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको...

आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

  पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा रहको छ । हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३...

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित...

आज विश्व युवा दक्षता दिवस मनाइँदै

काठमाडौँ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात्...

आजदेखि मनकामना केबुलकार ५० दिन बन्द

चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

पोखरा । आज गण्डकीसहित कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले यी तीन प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । कोशी प्रदेश,...