समाज


अज्ञात समूहद्वारा १५ वर्षीय बालिकाको हत्या

मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती...

दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका दुग्ध किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये दैनिक ६० हजार लिटर बिक्री हुन नसक्दा प्रतिलिटर ७० रुपैयाँको हिसाबले ४२ लाख रुपैयाँ किसानले घाटा व्यहोरेका हुन् । चितवन जिल्ला...

मोरङमा सशस्त्रका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका(३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा...

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते भारतको बिहार राज्यको मोतिहारी...

मोटरसाईकल मोडिफाइगर्ने ६८१ जनालाई कारबाही

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६८१ जना कारबाहीमा परेका छन् । गत २५ भदौदेखि हालसम्म २० फागुनसम्म ६ महिनाको अबधीमा मोडिफाई गरेर चलाउने...

मुद्रण उद्योग संघ कास्कीको रक्तदानमा २० पिन्ट रगत संकलन

पोखरा । मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आज विहान खुल्ला रक्तदान र बधाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड...

अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैैंक वित्तीय संस्थाविरुद्ध...

शालिन मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन

काठमाडौँ । चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरूले अस्पताल र होस्टेलविरुद्ध नारा जुलुस गरेका थिए । उनीहरू जबरजस्ती अस्पताल छिर्न...

जमजम इलेक्ट्रोनिक्सको नाममा ठग्ने चार युवा पक्राउ

काठमाडौं । जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले समातेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरका अनुसार, दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक...