काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो । १३४ कम्पनीको...
काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन लागिएको स्वास्थ्य सहायक (केयरगिभर) को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले करार सम्झौता गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागको इजरायलरजापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले...
काठमाडौँ । आन्दोलित ग्यास व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगन गरेका छन् । आज बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकारसँग भएको छलफलमा सहमति भएपश्चात व्यवसायीले तत्काललाई आन्दोलन स्थगित गरेका हुन् । सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र...
रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो। आफूलाई...
काठमाडौँ । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ । गत महिना...
विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुँदै छ।यस बहुप्रतीक्षित विवादमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा,...
धनुषामा आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको ज्यान गएको छ। जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति झगडा हुँदा...
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा दलित,...
काठमाडौँ । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।