समाज


पोखरामा यस्तो छ हरियो तरकारीको भाउ (मुल्य सूचीसहित)

पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ के।जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ । पोखरामा...

दुर्गा प्रसाईंलाई उचित उपचारको व्यवस्था गरिदिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विद्युतीय कारोबारमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले...

युद्धविरामको सम्झौतापछि घर फर्किए लेबनानी

काठमाडौं । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् । बेलायती समाचार संस्था...

बागलुङ र पर्वतमा एकैपटक ५ पुल बन्दै

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा एकै पटक ५ वटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा ४ वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण...

बागलुङको ऐतिहाँसिक गाजाको दहमा पानी सुक्न थालेपछि स्थानीयवासी चिन्तित

बागलुङ। बागलुङको ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्थे । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ । वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त...

६४ लाख थान पासपोर्ट छपाइका लागि टेन्डर आह्वान

काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि विभागले नयाँ टेन्डर गरेको हो । बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा...

नाष्टको ४८औँ प्राज्ञसभाद्धारा १२ विधामा पुरस्कृत गर्ने निर्णय

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टको बिहीबार भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिक र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा...

पाल्पामा धान उत्पादन बढ्यो, किसान उत्साहित

पाल्पा पाल्पा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन्। गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय...

काठमाडौं महानगरद्धारा सानो गौचरनमा रङ्गशाला पुन: निर्माण सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो । निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार...