काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...
पोखरा । पोखरा महानगरपालिकाले मालेपाटनमा रहेको सशस्त्र प्रहरी गण्डलाई आगो निभाउने उपकरणहरू हस्तान्तरण गरेको छ । चाडबाडको बेला हुन सक्ने आकस्मिक आगलागीका घट्नाहरुलाई नियन्त्रणका गर्न उपयोग गरिने १० थान उपकरण महानगर प्रमुख धनराज आचार्यले सशस्त्र प्रहरी...
पोखरा । नेपालीको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा...
पोखरा । गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा।लि ले आयोजना गरेको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय...
पोखरामा मोडीफाई गरि ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । यहि कार्तिक १४ र १५ गते चेकजाँचको क्रममा प्रहरीले उक्त संख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिएको छ । कसैले स्वरुप परिवर्तन गरी...
काठमाडौँ । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका...
पोखरा । युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा...
काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको ज्यान गएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा...