समाज


पोखरा महानगरमा प्रर्दशनकारीद्धारा आगजनी

पोखरा महानगरमा प्रर्दशनकारीले आगजनी गरेका छन् । जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका छन् । सोही आक्रोशित आन्दोलनकारीले...

एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

पोखरामा कर्फ्यु क्षेत्र विस्तार, यी स्थानमा आवतजावत गर्न नपाइँने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यु क्षेत्र विस्तार गरेको छ । अहिले विहान १० बजेदेखि राति १० बजेसम्म लाग हुनेगरी कास्की प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्की जिल्ला पोखरा...

आज विद्यालय नखोल्ने पोखरा महानगरको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्र भित्रका सबै विद्यालयहरु आज नखोल्ने निर्णय गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वर्तमान विषम  परिस्थितिका कारण आज महानगर क्षेत्रका विद्यालयमा विदा दिइएको जानकारी दिए । आजको...

इटहरी र रुपन्देहीमा पनि अनिश्चितकालीन कर्फ्यु जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम यो आदेश जारी गरेका हुन्। सोमबार...

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १७ पुग्यो

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाउने संख्या १७ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको ज्यान गएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौं । जेनजीको प्रदर्शनबिच सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार...

जेन्जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको ज्यान गएसँगे ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा...