समाज


आर्बाबाट पोखरा आउँदै गरेको नगर बस दुर्घटना, २३ जना घाइते

पोखरा । पोखराको आर्बामा नगर बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिएका छन्...

तिजको अघिल्लो दिन सुनको मूल्य कति छ ?

काठमाडौं। तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २००...

अनुदान रकम माग्दै काठमाडौंमा उखु किसानको आन्दोलन

काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने...

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन कार्यतालिका आज प्रकाशन हुने

काठमाडौं। रिक्त राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचनको कार्यतालिका प्रकाशन हुँदैछ । संघीय संसद् सचिवालयले आइतबार साँझसम्म कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको हो । सभामुख देवराज घिमिरेले शुक्रबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार...

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई...

प्याजको भाउ घट्यो

काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो । समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा...

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर...

वालिङमा कुटपिटबाट युवकको ज्यान गयो, दुईजना पक्राउ

स्याङ्जा । कुटपिटका कारण वालिङका एक युवाको ज्यान गएको छ। वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २२ वर्षीय...

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

काठमाडौं। रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ । मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय...