समाज


केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी झुन्डिएको अवस्था मृत भेटिए

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका...

तिलिङगेटारमा एक जना मृत फेला

काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका(३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका(६ घर भएका २४ वर्षीय आशिष...

बाघले आक्रमणबाट एक महिला घाइते

चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो...

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

बर्दिया । भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार भएको छ । गोली लागी एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली...

काठमाडौंमा थप तीन जनामा हैजा

काठमाडौं उपत्यकामा थप तीन जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रबार दिएको जानकारी अनुसार थप तीन जनामा हैजा देखिएको हो । योसँगै काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

पोखरा । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरेपछि त्यहाँका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले ल्यान्डफिल्ड साइड भरतपोखरीमा सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा...

धान दिवसको दिन आफुमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर जुरेलीले दिइन उजुरी

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले आफुमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध उजुरी दिएकी छिन् । ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाउने क्रममा आफूमाथि हिलोमा पछारेर हिलारीले दुर्व्यवहार गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरीले...

पोखरा ३ पालिखेचोकको फाल्चा बिबाद सहमतिमा टुङ्गियो

पोखरा । पोखरा महानगरपालिका वडानम्बर ३ पालिखेचोकमा नगरपालिकाले फाल्चा निर्माण गर्न स्थानीय र महानगरपालिकाबीच सहमति भएको छ । स्थानीयले पालिखेचोकमा फाल्चा निर्माण गर्दा वडानम्बर तीनको विकासमा अवरोध पुग्ने भन्दै फाल्चा निर्माण रोक्न महानगरपालिकाको ध्यानाकार्षण...