सडक र सवारी


सेवाग्राही खचाखच रहने पोखराका दुई यातायात कार्यालय प्रमुख विहिन (भिडियो)

पोखरा । यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) कास्की दुबै कार्यालय प्रमुख विहिन छन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रका तत्कालिन प्रमुख जीतेन्द्रजंग केसी मध्य जेठमा सरुवा भई  जिल्ला...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

चितवन । वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग बिहान...

दाउन्नेमा भासिएको स्थानमा लेदो खसेपछि नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दघाट...

पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट सञ्चालन गर्न सुझाव

पोखरा । पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव दिइएको छ । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको हो। विद्यालयले आवश्यकताका आधारमा...

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको ज्यान गयो, आमा घाइते

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा...

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा...

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा

पोखरा । एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्री राजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन...

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका २ पानाबगर र खहरे खोलाको बिच भागमा सडक माथिबाट पहिरो खसेको हो । शुक्रवार...

अपडेट : पृथ्वी राजमार्ग एकतर्फी खुला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका...