सडक र सवारी


लमजुङमा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको ज्यान गयो

पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो । दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको...

सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार...

तत्काल भाडा समायोजन नगरिए आफैँ बढाउने यातायात व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफुहरुले नै बढाउने चेतावनी दिदै सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र...

पर्वतमा बोलेरो जिप दुर्घटना : चालकको ज्यान गयो

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सज्जन परियारको ज्यान गएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको...

पाल्पामा टिपर दुर्घटना, चार जनाको ज्यान गुम्यो

पाल्पा । पाल्पामा भएको टिपर दुर्घटनामा परेर चार जनाको ज्यान गुमेको छ । शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली...

सिद्धार्थ राजमार्गको सिद्धबाबामा आवागमन सुचारु गरियो

पोखरा । सिद्धार्थ राजमार्गको आवागमन सुचारु गरिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा ढुंगासहित पहिरो खस्न थालेपछि सवारी सञ्चालनमा रोक लगाइएको थियो । विहान ८ः३० बजेदेखि रोकिएको आवागमन दिउँसो १ बजेपछि सुचारु गरिएको जिल्ला...

सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सवारी सञ्चालनमा रोक

पोखरा । वर्षा पछि बाटो चिप्लो भएको र ढुंगासहितको पहिरो गई दुर्घटना नहोस भनेर सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानको सिद्धबाबा क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला...

बागलुङमा जिप दुर्घटना : सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटनामा परेको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।आज बुधबार बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी...

नारायणगढ-मुग्लिन सडकको ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको...