राजनीति


कास्की २ मा कांग्रेसका विद्रोही उम्मेदवार गुरुङलाई सभापति देउवाको फोन

पोखरा । कास्की क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार महादेव गुरुङलाई पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेका छन् । गुरुङले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिए पछि देउवाले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् । देउवाको...

पत्रकार सम्मेलन गर्दै भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । टिकट नपाएको विषयमा आफ्नो आधिकारिक धारणा राख्नका लागि रावलले भोलि बिहीबार कार्की वैंक्वीटमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले...

लुम्बिनीमा एमालेका दुई दर्जन बढीले दिए सामूहिक राजीनामा

लुम्बिनीमा नेकपा एमालेका साढे दुई दर्जन जति नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार...

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता

चितवन । चितवन ३ मा एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको सहायक निर्वाचन अधिकृत...

लुम्बिनीका मुख्यमन्त्रीमाथि उम्मेदवार अपहरणको आरोप !

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि अपहरणको आरोप लागेको छ । केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको हो। मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उनका...

मनाङ ‘ख’ मा दिपक मनाङे निर्विरोध निर्वाचित

पोखरा । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै मनाङे...

रेशम चौधरीको स्थानमा उनका पिता लालवीर उम्मेद्वार

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उमेदवारी...

रूपन्देही २ मा एमालेका विष्णु पौडेललाई चिठ्ठा !

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेललाई चिठ्ठा परेको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएपछि पौडेललाई चिठ्ठा परेको हो । पौडेललाई अब चुनाव लड्न सजिलो हुने भएको छ। गत वैशाखमा...

बागी उम्मेदवारी फिर्ता लिन नेकपा एसको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी...