राजनीति


आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैं

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुनेछ । त्यस्तै...

भ्रष्टाचार अनुसन्धानमा हदम्याद नराख्न महामन्त्री थापाको माग आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऎन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा भाग लिदै उनले यस्तो...

टीआरसी विधेयक राष्ट्रियसभामा टेबल

काठमाडौँ । प्रतिनिधिसभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा।सुरेन्द्र अर्यालले...

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य...

सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज

काठमाडौँ । सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका...

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित...

पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न लिङ्देनको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाएका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका...

टीआरसी विधेयक कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै प्रम ओलीद्धारा खुशी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही...