राजनीति


राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११:१५ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा,...

नेकपा एसको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र भुसाललाई महासचिवमा सर्वसम्मतरुपले...

एमाले मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग...

घनश्याम भुसालले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा...

एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि ८ वटा मन्त्रालय प्रधानमन्त्रीको थाप्लोमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले सम्हाल्दै आएका मन्त्रालयहरूको...

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौँ । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ।...

आजबाट निर्वाचन प्रक्रिया सुरु : अध्यक्षमा माधव र घनश्यामको दाबी, सर्वसम्मतिको प्रयास

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक,...