राजनीति


राष्ट्रपतिसमक्ष एकैपटक ५ वटा अध्यादेश सिफारिस

काठमाडौँ । सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित...

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

पोखरा । प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो । स्थापना दिवसको अवसरमा...

बीआरआई सम्झौताबारे सांसदहरुले मागे सरकारसँग जवाफ

काठमाडौँ । सांसदहरूले नेपाल र चीनबिच भएको बीआरआई सम्झौताबारे सरकारसँग जवाफ मागेका छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिको बैठकमा विभिन्न दलका सांसदहरूले परराष्ट्रमन्त्री आरजु राणासँग जवाफ मागेका हुन् । बैठकमा सांसद नेपाली कांग्रेसका सांसद योगेश...

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर चलाइएका हल्लामा सत्यता नरहेको बताएक छन् । सोमबार बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसंग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूले कुनै...

समाजवादी मोर्चाको बैठक अघि कार्यदलको बैठक बस्ने

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । प्रचण्ड प्रधानमन्त्रीबाट सत्ताच्युत भएपछि लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधवार बस्ने टुङ्गो लागेपछि कार्यदलको भोलि बस्न लागिएको हो । बैठक दिउँसो ३ बजे बस्ने कार्यदल...

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक...

मोहन वैद्यको स्वास्थ्यमा सुधार

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक...

पोखरा महानगरको १६ औं नगरसभामा राजस्व बक्यौता असुली कार्ययोजनासहितका प्रस्ताव

पोखरा । पोखरा महानगरपालिकाको १६ औं नगर सभा आइतबारदेखि सुरु भएको छ ।  नगर सभाको पहिलो दिन विधायन समितिका संयोजक पुष्पेन्द्र पाण्डेले सभामा २ कार्यविधि तथा १ ऐन संशोधनका लागि टेबुल गरेका छन् । नगरसभामा राजस्व बक्यौता असुली कार्ययोजना कार्यविधि प्रस्तुत...

माघ पहिलो साता हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौँ । सरकारले माघ पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । संसद् अधिवेशन छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्न लागेको विपक्षी दलका नेताहरूको प्रतिक्रिया आइरहेका बेला सरकारले माघ पहिलो साता अधिवेशन बोलाउन लागेको हो । सरकारको नेतृत्वकर्ता...