राजनीति


सुकुम्वासीका समस्या स्थायी रुपमै समाधान गर्छु : एमाले उम्मेदवार श्याम

पोखरा। कास्की क्षेत्र नम्बर १ (ख)बाट गण्डकी प्रदेश सभा सदस्यका लागि एमाले उम्मेदवार वेदबहादुर गुरूङ ‘श्याम’ले सुकुम्वासीहरूका समस्या समाधान गर्ने प्रतिवद्धता बताएका छन् । आइतबार पोखरा १४ मा घरदैलो गर्दै उनले प्रदेश सांसद भएपछि सुकुम्वासीका समस्या अध्ययन...

आज गण्डकीका यी तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

पोखरा । चुनाव प्रचारप्रसार गर्न पाउने दिन छोटिदैं जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रचार तीव्र बनाएका छन् । प्रचण्डले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र...

जनताका अधिकारको ग्यारेन्टी गरी संघीयताको अनुभूति दिलाउछु : विश्वप्रकाश

नेपालको संविधान र ऐनहरुमा जनताका लागि धेरै अधिकारको ग्यारेन्टी गरिएको छ । समाजवादतर्फको यात्रा जाने लक्ष्य लिएको संविधान व्यवहारमा कार्यान्वयन हुन बाँकी नै छ । बलियो राजनीतिक नेतृत्व र इच्छाशक्ति बिना यो सम्भव छैन । ५ दलीय गठबन्धनले बलियो सरकार बनाएर...

मट्टिखानमा रेल सञ्चालन सम्भाव्यता अध्ययनको स्वागत

पोखरा । गोर्खा स्मारक ट्रष्टका महासचिव डा.चन्द्रबहादुर गुरुङले नेकपा एमालेले प्रदेश प्रतिवद्धापत्रमा साल्मेडाँडाबाट छुकछुके रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेटेकोमा स्वागत गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा...

मगरबेशीका बासिन्दाको गुनासो : मत पाएकाहरु सांसद र मन्त्री भए तर, हाम्रो पीडा सुनेन्

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो...

हेम्जाको सुईखेत खोला नियन्त्रण गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ९क० का प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेम्जामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण...

आयोगको निर्देशन : ‘उम्मेदवारलाई निर्वाध प्रचारप्रसार गर्न दिनुस्’

काठमाडौं । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न-गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको...

निर्वाचन प्रचारप्रसारको अवधि अब ५ दिन मात्र

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले अब पाँच दिन मात्र प्रचारप्रसार गर्न पाउनेछन् निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक,भेला...

हेलिकप्टर प्रयोगमा संवेदनशील बन्न निर्वाचन आयोगको गृहलाई निर्देशन

काठमाडौं । विभिन्न बहानामा हेलिकप्टरको जथाभावी प्रयोग भएको भन्दै निर्वाचन आयोगले त्यसतर्फ गम्भीर बन्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय...