समाचार


पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। ‘प्रधानमन्त्री...

आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौं । सरकारले दिएको आदेश अनुसार आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले...

रेणु यादवलाई मन्त्रीबाट तुरुन्त र्बखास्त गर्न योगेश भट्टराईको माग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने...

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै : टुंगो लाग्ला त निर्वाचन मिति ?

काठमाडौं । हिजो स्थगित भएको सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो । आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र...

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ(मुग्लिन सडकको तोपेखोलामा सुख्खा पहिरो झरेर सवारी आवागमन बन्द भएको छ।चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपेखोलामा राति अन्दाजी साढे २ बजे सुख्खा पहिरो झरेर दुबैतर्फ बाटो अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले पहिरो...

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया...

बन्दुक र अवैध वन्यजन्तुको अखेटोपहार सहित एकजना पक्राउ

पोखरा । हातियार र अबैध बन्यजन्तुको अखेटोपहारसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पुम्दिभुम्दी बस्ने २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको घरबाट ७ फिट लामो, २ फिट ६ इन्च चाडाई भएको पुच्छर...

गठबन्धनको बैठक स्थगित भएपछि छुट्टै भेट्दैछन देउवा–प्रचण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझ छट्टै भेट गर्दैछन् । आज दिउँसो ४ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक अचानक स्थगित भएपछि देउवा प्रचण्डले छुट्टै भेट गरि छलफल गर्ने भएका हुन् । अहिले साँझ भेट्न लागेका...

लोक सेवाका लिखित परीक्षा पनि स्थगित

काठमाडौं । माघ ११ देखि हुने भनिएको लोक सेवा आयोगका परीक्षा पनि स्थगित भएको छ। कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको हो । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने...