समाचार


केन्द्रखबरका व्यवस्थापक रमेश पौडेललाई मातृशोक

पोखरा । केन्द्रभाग मिडिया प्राली तथा केन्द्रखबर डटकमका व्यवस्थापक रमेश पौडेललाई मातृशोक परेको छ। पौडेलकी ममतामयी आमा तुलसीदेवी पौडेलको ७३ वर्षको उमेरमा निधन भएको हो । तुलसी देवीको आज बिहान सवा ७ बजे पर्वत कुश्मा नगरपालिका ११ पकुवास्थित आफ्नै निवासमा निधन...

एसईई परीक्षा वैशाख ९ गतेदेखि (रुटिनसहित)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । उनका​ अनुसार बैठकमा पार्टीका म्याद...

आज यी प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार...

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेले दिए सर्वोच्चमा रिट

काठमाडौं । विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान...

२४ घण्टामा देशभर १४ जनाको मृत्यु, थपिए २४०१ संक्रमित

काठमाडौं । देशभर थप १४ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको...

आयल निगमले आईओसीलाई बुझायो करिब ८ अर्ब

काठमाडौं। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई फेरि रकम पठाएको छ। निगमले करिब ८ अर्ब रुपैयाँ भुक्तानी गरेको हो। निगमले मंगलबार आईओसीलाई सो रकम भुक्तानी गरेको निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । निगमले हरेक...

गण्डकी अपडेटः पोखराका २ सहित ४ संक्रमितको मृत्यु, आज कति संक्रमित थपिए ?(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ३ र गण्डकी मेडिकलमा उपचाररत एक गरी ४ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। ज्यान गुमाउनेमा पोखरा २१ की ७७...

लोसपा भन्छ,‘ वैशाख ३० को निर्वाचन मान्दैँनौ’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने भन्दै लोसपाले वैशाख ३० को...