समाचार


अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई प्रदान

पोखरा । सवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ ।  कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापनको अबसरमा उनलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । गण्डकी...

पोखरा ३३ भरतपोखरीमा हिंसामा परेका महिला तथा किशोरीका लागि दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालन

पोखरा । पोखरा-३३ पुष्पवस्ती भरतपोखरीमा पोखरा महानगरपालिकाको सहकार्यमा सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा आएको छ। विभिन्न प्रकारका हिंसाबाट प्रभावित महिला तथा किशोरीहरूका लागि सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा...

आज बढ्यो सेयर बजार

काठमाडौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको...

कुमुदिनीद्वारा दुई विद्यालयका विद्यार्थीलाई पोशाक हस्तान्तरण

पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि ड्रेस तथा खाजा खर्च सहयोग गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत १२ वर्षदेखि...

कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी...

जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले...

कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग

पोखरा । पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको...

पोखरामा जारी गण्डकी कोटिहोममा भरतपुर महानगरकी मेयर रेनु दाहाल आउदै

पोखरा । गण्डकी कोटिहोममा सोमबार बैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सहभागीता जनाउने भएकी छिन । मेयर दाहालको सहभागीताले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रमुख दहालको उपस्थितिले...

अवकाश उमेर ६० वर्ष नै ठिक, ‘कुलिङ पिरियड’ आवश्यक : पूर्व कर्मचारी

पोखरा । पूर्व कर्मचारीहरुले अवकाशको उमेर ६० वर्ष नै उपयुक्त रहेको र 'कुलिङ पिरियड' पनि आवश्यक रहेको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 'कुलिङ पिरियड'मा सहमति जुटाउन सकस परिरहेका बेला पूर्व कर्मचारी...