समाचार


लम्पी स्किनविरुद्ध चौपायालाई खोप

बाँके । चौपायामा देखिएको लम्पी स्किन रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज ९मात्रा० खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको...

डेंगुको संक्रमण बढेपछि सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार...

नेपाल र्वल्ड एजुकेशन नेटवर्क पोखराको ‘एड्मिसन इन्फरमेसन डे सम्पन्न’ : उच्च शिक्षाका लागि विदेश जान चाहने करिब ५०० विद्यार्थीले लिए परामर्श

पोखरा । पोखराको चिप्लेढुंगा स्थित सेलवेज टावरमा सञ्चालित नेपाल र्वल्ड एजुकेशन नेटवर्कले आज (शुक्रबार) वृहत ‘एडमिसन इन्फरमेसन डे’ सम्पन्न गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरि गरिएको ‘एड्मिसन डे’ मा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थापन मन्त्री...

पोखरामा आइतबारदेखि तेस्रो डायमण्ड मेला हुदैं

पोखरा । पोखरामा आगामी आइतबारदेखि तेस्रो डायमण्ड मेला हुने भएको छ । आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । कञ्चन क्यापिटल प्रालिको आयोजनामा हुन लागेको मेला पालिखेचोकस्थित...

काठमाडौंको फोहोर लैजाने क्रममा झडप

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले...

ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट खारेज, पक्राउ परेकालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७...

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

दैलेख । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्...

कोरियामा काम गरेर फर्केकालाई पुनः अवसर, खुल्यो परीक्षाको आवेदन

काठमाडौं । कोरियामा काम गरेर फर्किएकाहरूलाई पुनः अवसर खुलेको छ । उनीहरुका लागि कोरिया जान भाषा परीक्षाको लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो । पाँच...

गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ । आर्थिक वर्ष ०७९÷०८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको हो । यसरी कम बजेट विनियोजन हुँदा सुरुवात गरिएका केही...