अर्थ


सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् । यसअघि...

एकै महिनामै भित्रियो १७६ अर्ब रेमिट्यान्स

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो...

बाढीले २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द : प्राधिकरण

काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

घट्यो सेयर बजार

काठमाडौं । लगाताार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...

समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड बचत फिर्ता, ३४ अर्बभन्दा बढी अझै बाँकी

काठमाडौं। २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो । समितिले...

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा, २७ गते खबरदारी सभा गर्ने

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन्...

अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर

पोखरा । आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइनसहित सबैजसो विदेशी मुद्राको विनिमयदरस्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा...