ब्यानर न्युज


भदौं ३ गते सम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद्‍ बैठक स्थगित भएको घोषणा गरेका छन् । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित...

सुनिल शर्माको चेतावनी : प्रधानमन्त्रीले माफी नमागे आमरण अनसन बस्छु

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । ‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ,...

सुन तस्करी रोक्न कर तिरेर खुला गर्नुपर्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन...

‘माधव नेपाल भाग्ने मान्छे होइन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले...

नवनियुक्त मन्त्री अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ

कठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ गराएका...

मुस्ताङको वारागुङ क्षेत्रमा बाढी : १५ घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा बाढी आएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको...

तनहुँको म्याग्देमा गएको पहिरो पन्छाइयो, सडक सुचारु

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ । आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय...

सप्तकोशीमा पानीको बहाव उच्च : ५६ वटै ढोका खोलियो

विराटनगर । कारण सप्तकोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ । पानीको बहाव बढेसँगै ५६ वटै ढोका खोलिएको छ । आज बिहानको मापन अनुसार सप्तकोशीमा ४ लाख ५२ हजार ७१० क्यूसेक प्रति सेकेन्ड पानीको बहाब रहेको ब्यारेजस्थित प्रहरीले जनाएको छ । प्रहरीले...

पोखरामा शालिकमाथि राजनीति, सर्वपक्षीय बैठकमा भएको सहमती उल्लंघन

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनरायण शाहको प्रतिमा राख्ने र हटाउने प्रतिष्प्रर्धाले पोखरामा तनाब बढाएको छ । आदिवासी दिवसको दिन सहिद लखन थापाको सालिकसगै रहेको पृथ्वीनरायण शाहको प्रतिमा हटाइए पछि विवाद सुरु भएको थियो । शुक्रबार पोखरा महानगरले...