ब्यानर न्युज


एमाले गण्डकीमा सहमतीको सम्भावना टर्यो, उम्मेदवार मत माग्न थाले

पोखरा । नेकपा (एमाले) गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्। शर्मा र अधिकारी दुई समूहको उम्मेदवारको रुपमा अधिवेशन सुरु हुनु पहिले नै चर्चामा आएका थिए । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने...

भोलि (बिहीबार) बिहानदेखि मौसममा सुधार हुने

काठमाडौं । भोलि (बिहीबार)देखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ र सुधारको यो क्रम पूर्वतिर सरिरहेको...

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आज(बुधबार) हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल प्रशासनको अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो...

कांग्रेस सभापति देउवा अस्वस्थ, भेटघाट बन्द

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्। उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ...

उपमहासचिव गुरुङको शक्ति घटाउन महासचिव पोखरेलको कसरत !

पोखरा । प्रदेशसभाको अघिल्लो कार्यकालमा नेकपा एमालेले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो पार्टीका हेविवेट नेतालाई प्रदेशमा ओरालेको थियो । प्रदेशमा झरेर दुबै प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर हाल एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र हाल...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी...

प्यानल बनाए उम्मेदवारी खारेज हुने चेतावनी दिने नेतृत्व नै प्यानल निर्माणमा !

पोखरा । नेकपा एमालेले आफ्नो प्रदेश अधिवेशनमा प्यानल बनाएर निर्वाचन लड्न निषेध गरेको जानकारी गराउँदै प्यानल बनाए उम्मेदवारी खारेज हुने चेतावनी दियो । गण्डकी प्रदेशका इन्चार्ज एवं पार्टीका सचिव गोकर्ण विष्टले प्यानल बनाए उम्मेदवारी खारजे हुने पत्रकार भेटघाटमै...

दसैंको टीकाको उत्तम साइत ७ कात्तिकको विहान ११ : ०२ बजे

पोखरा । यस वर्षको दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार दसैंको टीकाको साइत सार्वजनिक सार्वजनिक गरेको हो । समितिका अनुसार यस वर्षको दसैँको सुरुवात २८ असोजको आइतबार हुनेछ...

एमाले गण्डकीमा कलस्टरको लफडा, निर्वाचन प्रक्रिया स्थगित

पोखरा । नेकपा एमाले गण्डकीको निर्वाचन प्रकृया भोलिसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो तीन बजेका लागि मनोनय दर्ता गर्ने समय तोकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि कलस्टरबाट छनोट गर्ने सदस्य वारे सहमती नजुट्दा निर्वाचन प्रकृया सरेको निर्वाचन...