ब्यानर न्युज


सीडीओहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...

देशभर वर्षा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी,...

नेकपा एसको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र भुसाललाई महासचिवमा सर्वसम्मतरुपले...

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित,  गण्डकी पूर्ण खोप सुनिश्चित छिट्टै घोषणा हुने

  पोखरा । कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच आज औपचारिक रुपमा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । उनले सरकारले...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा...

नविकरण नभएका दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

काठमाडौं । नविकरण नगरेको भन्दै दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ ।निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...

बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली

काठमाडौं । चोरलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । चोरी मुद्धामा ६ वर्ष सजायँ पाएका सरमानसिंह सरदारलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । बिहीबार विहान बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपरुवामा सरदारलाई पक्राउ गर्न खोज्दा स्थानीयबासीले प्रतिवाद...

राजीनामा बोकेर गएका रास्वपाका नेताहरु प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किए

काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने...

कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै

पोखरा । कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै छ । आज विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न...