ब्यानर न्युज


सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो । जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ...

रवीन्द्र र धवलशमशेरविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन

काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराविरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा...

‘गृहमन्त्री’ बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाएका मुख्यसचिव कृष्ण पौडेलले...

राजावादीको आन्दोलनलाई लक्षित गर्दै ओलीको निर्देशन :‘१५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ गते काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका छन् । आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै र राजावादीको आन्दोलनलाई समेत लक्षित...

साताको पहिलो दिन आज बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४००...

तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको ज्यान गयो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ आउँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना...

चार वटा वायुको एकसाथ प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम...

गृह मन्त्रालयले भन्यो, ‘नेतृत्वको कुनै प्रकारको संलग्नता छैन’

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा पूर्ण सहयोग रहने बताएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति निकालेर यस्तो बताएको होे । मन्त्तालयले भिजिट...

देश माओेवादी र प्रचण्डमय बनेको अनुभव गरेको छु : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश माओेवादी र प्रचण्डमय बनेको आफूले अनुभव गरेको बताएका छन् । मध्य पहाडी लोकमार्गमा गरिएको जनपरिचालन अभियान अन्तर्गतको पोखरामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४...