ब्यानर न्युज


टी–२० सिरिज : अमेरिकाविरुद्ध नेपालको क्लिनस्वीप

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा...

पोखरामा आज गोलभेडाँको भाउ बढ्यो, प्याजको कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेडाँको भाउ के.जीको १४१ रुपैयाँ ५ पैसा र ठुलो गोलभेडाँ केजीको १४० रुपैयाँ रहको छ । हिजो सानो गोलभेडाँको भाउ...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीले...

सहकारीको प्रतिवेदन कार्यान्वयन सुरु भयो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारी बारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले...

ओली सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा उभिएको प्रधानमन्त्री : सभापति लामिछाने (भिडियो)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली देशको सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा उभिएको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई म्याद...

प्रदर्शनकारी एक महिला प्रहरी नियन्त्रणमा

पोखरा । पोखराको शहिदचोकमा जारी प्रदर्शनको क्रममा एकजना महिलालाई धरपकड सहित प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहानदेखि निषेधित क्षेत्रभित्र प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ताहरु मध्ये प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा...

अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत पछि हटेनन् प्रदर्शनकारी

पोखरा । अश्रु ग्यास र पानीको फोहोरा हान्दा समेत रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखेका छन । शुक्रबार पक्राउ गरी पोखरा ल्याइएका रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदातलमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले...

पानीको फोहोरा हान्दा समेत निषेधित क्षेत्रबाट पछि हटेनन रास्वपाका कार्यकर्ता

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको भएतापनि प्रदर्शनकारीहरु पछि हटेका छैनन । केही बेर अगाडी प्रदर्शन कारीहरुले आफुहरुले मौन तवरले प्रदर्शन...

प्रदर्शनका बावजुद प्रहरीले रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ । रास्वपाका कार्यकर्ताका प्रदर्शनको बावजुद कास्की प्रहरीले घुमाउरो बाटोेको प्रयोग गर्दै १ बजेर २४ मिनेटमा कास्की जिल्ला अदालत उपस्थित गराएको...