ब्यानर न्युज


माधव नेपालको थुनछेक बहस सुरु

पतञ्जलि जग्गा घोटाला प्रकरणमा बयानका लागि आज विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिए पछि अहिले थुनछेक बहस सुरु भएको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय...

विधेयक अगाडि बढाउन ढिलो नगरियोस् : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पेस भएका महत्त्वपूर्ण विधेयक छिटो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर...

अदालतमा बयान सकेर बैठक बोलाउने माधवको तयारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहीबारभित्र बयान दिएर शुक्रबार सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । असार १३ गते शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि करिब दुई...

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल विशेष अदालतमा हाजिर भए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी...

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख देवराज घिमिरेले...

निष्पक्ष र तथ्यपरक छानबिन नगरे प्रतिवेदन अस्वीकार गर्ने माओवादीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ । सो दलका तर्फबाट प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पार्टी उपमहासचिव एवं सांसद्...

कोरोना संक्रमणबाट महिलाको ज्यान गयो

विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार ज्यान गएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका...

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका...