स्वास्थ्य-जीवनशैली


बोन म्यारो पिडित तनहुँका पदम थापाले गरे सहयोगको याचना

बिगत ९ महिना देखि उपचाररत तनहुँका बोन म्यारो पिडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । रोगबाट जीवन मरणको दोसाँधमा रहेका म्याग्दे गाउँपालिका–५ सिस्नेरी निवासी थापाले उपचारका लागी सहयोगको याचना गरेका हुन् ।बोन म्यारो रोगबाट ग्रसित उनले नेपालका...

नेपालमा हरेक दिन १.७ जनामा एचआईभी संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक...

भोलि हिमालय क्लव बाटुलेचौरले नि:शुल्क आँखा शिविर गर्ने

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले निस्शुल्क आँखा जाँच शिविर गर्ने भएको छ । यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए...

परिवार नियोजन संघको अभियान जारी

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको...

परिवार नियोजन संघको अभियान विन्ध्यवासिनी माविमा

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान सञ्चालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान सञ्चालन गर्ने...

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई एक महिना समय थप

काठमाडौं । नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । सहमतिअनुसार...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज (बिहीबार) र भोलि (शुक्रबार) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष २ कात्तिक र ३ कात्तिक तथा ६ वैशाख र ७ वैशाखमा नेपालमा यो कार्यक्रम सञ्चालन...

गण्डकीका स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् । निरीक्षणका लागि पुग्नु भएका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य...

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा...