प्रमुख समाचार


आज नेवार समुदायको नयाँ वर्ष : पोखरामा भिन्तुना र्‍याली

पोखरा । नेपाल संवतको नयाँ वर्ष ११४३ को अवसरमा आज पोखरामा भिन्तुना र्‍याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेवा खलः कास्कीले पोखराको रानीपौवाबाट...

आगामी निर्वाचनमा यी नागरिक मतदानका लागि लाइन बस्नु नपर्ने (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्राथमिकताका आधारमा मतदानको व्यवस्था गर्ने भएको छ । मतदानका लागि लामो समय लाइनमा बस्न नसक्ने मतदातालाई सहज वातावरण प्रदान गर्न आयोगले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची...

आज सूर्यग्रहण, नांगो आँखाले नहेर्न सुझाव

पोखरा । आज दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा...

पोखरा बजारमा तिहारको चहलपहल (फोटो फिचर)

पोखरा । नेपालीहरुको महान चाड दीपावली सुरु भएसँगै पोखराको तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै पोखराका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । पोखराको महेन्द्रपुल र चिप्लेढुङगा आसपासमा ग्राहकको ठुलो भिडभाड...

गठबन्धनलाई जिताउन देउवाको अपिल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज ९सोमबार० यहाँ...

गरिबी न्यूनिकरण र बेरोजगारी समस्या समाधानमा लाग्छुँ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित कार्यक्रममा मन्त्री कार्कीले...

बिद्रोही उम्मेदवार हुँ पछाडी फर्कीने कुरा छैन : महादेव गुरुङ (भिडियो)

पोखरा । कास्कीका प्रतिनिधि सभा तर्फका तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन दलले एक एक सिट भाग लगाएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, २ मा नेकपा एकिकृत समाजवादी र ३ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका साझा उम्मेदवार उठाएको छ । क्षेत्र...

७० प्रतिशत मतपत्र छपाइ सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न...

सत्ता गठबन्धनको आज काठमाडौंमा प्रदेशस्तरीय भेला हुँदै

काठमाडौं । चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दै छ । ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदै छ । ‘संविधानको रक्षा, स्थिरता...