प्रमुख समाचार


एमाले नेता बडाललाई पत्नीशोक

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ । केशव पत्नी शान्ति बडालको गएराति उपचारको क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बडालका एक छोरा र एक छोरी रहेका छन् ।

सुडानमा सैन्य विमान बस्तीमा खस्दाँ १० जनाको ज्यान गयो

काठमाडौं । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको ज्यान गएको हो । उक्त विमान सेनाका...

मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको ज्यान गयो

धादिङ । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ...

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज सामान्य अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ अंकमा पुगेको हो । आज बजारमा ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । अघिल्लो...

छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई आग्रह गरेका छन् । शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका भन्दै प्रधानमन्त्री ओलीले आवेदन दिन विद्यार्थीलाई अनुरोध...

नवलपरासी पश्चिममा हवाई फायर : १५ जना घाईते

काठमाडौं । नवलपरासी पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई...

आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो । जसअनुसार...