प्रमुख समाचार


शशांक बुबा बीपीको स्मृति दिवस मनाउन सुन्दरीजल जाने

काठमाडौं। नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्ना बुबा कांग्रेसका संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउन सुन्दरीजल जाने भएका छन् । सुन्दरीजलमा रहेको बीपी सङ्ग्रहालयमा पुगेर स्मृति...

१२ लाख नगद चोरी आरोपमा कास्की माछापुच्छ्रेका ओमबहादुर भुजेल पक्राउ

पोखरा । पोखरामा नगद चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । १२ लाख बढी नगद चोरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का २३ वर्षीय ओमबहादुर भुजेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भुजेलले १२ लाख ३० हजार...

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध...

धनगढीमा भीषण आगलागी: आठ वटा सटर जलेर नष्ट

धनगढी । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार हेलेन ट्रेड...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ। तर, बहराइन र दिनारको भाउ भने थोरै बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

रूपन्देही –३ उपनिर्वाचन कार्यक्रम सार्वजनिक : मनोनयन दर्ता असोज २१ गते

रूपन्देही । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका...

पर्वतको लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीको शव भेटियो

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको ज्यान गएको छ । पहिरोमा पुरिएर बेपत्ता विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख...

पूर्वराष्ट्रपति भण्डारी ओलीसँग भेट गर्न च्यासल जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी...

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

काठमाडौं। पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...