प्रमुख समाचार


कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणका लागि १० लाख सहयोग गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणमा १० लाख सहयोगको घोषणा गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा जम्मा हुने गरी १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश...

निर्वाचनमा जेन-जी र विदेशमा रहेका नेपाली समेट्न अध्यादेश जारी हुने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर जेन-जी र विदेशमा रहेका नेपालीलाई समेट्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली संकलन गर्ने कानुन बाधा भएको र सर्वोच्च अदालतको फैसलाअनुसार विदेशमा रहेका नेपालीलाई मतदान...

जनमतका ६ केन्द्रीय नेताद्धारा पार्टी परित्याग

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार ९आज० साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका...

कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना फरार

पोखरा। ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ३४८ कैदीबन्दी कारागार फर्किएका छन् । कारागारबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका हुन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले...

आज सुनको मूल्य  कति छ ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज फोन वार्ता हुने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोसहितका केही मुद्रा भने आज पनि महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमण प्रयास

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको थियो । ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे...

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमालेको बैठक

काठमाडौं। जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण आगजनी र तोडफोडबाट ध्वस्त बनेको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो । जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको जनसङ्गठन, सम्पर्क...