प्रमुख समाचार


प्राधिकरणले सूचनाबिना लाइन छाड्दा मजदुरको ज्यान गएकोबारे संसद्‍मा ध्यानाकर्षण

काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर ज्यान गएको विषयमा संसद्‍मा ध्यानाकर्षण गराइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादीका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीका कारण...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आजको अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर...

ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु

पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए-लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको ब्रटिस कलेजका नेपाल देशीय निर्देशक अरूण कुमार कँडेलले जानकारी दिए । उनका अनुसार शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीवीसी), काठमाडौंको म्यानेजमेन्टमा पुनः...

रवीन्द्र मिश्रको बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको छ । आदेश...

उच्च अदालत पोखराले रविलाई पठायो पेसीको जानकारी

पोखरा । उच्च अदालत पोखराले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारीपत्र पठाएको छ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अदालतले पेसीको जानकारी गराइदिन भनेको हो । त्यसको बोधार्थ रूपन्देही कारागारलाई पनि दिइएको अदालतका उपरजिस्टार नीलप्रसाद...

सगरमाथामा आरोहण गरेर फर्किने क्रममा एक पर्वतारोहीको निधन

काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा एक जना पर्वतारोहीको निधन भएको छ । बिहीबार हिलारी स्टेप ८७९० मिटर भन्दा माथि ती पर्वतारोहीको निधन भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे घटना भएको पुष्टि गरे । ती पर्वतारोहीले सगरमाथाको...

२०८४ को चुनावसम्म एमालेसँग एकता सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

आज सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो...

कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी...