प्रमुख समाचार


जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच भोलि एकता घोषणा हुँदै

काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच कार्यगत एकता हुने भएको छ । दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने जसपाका एक नेताले जानकारी दिएका हुन् । ती नेता अनुसार कार्यगत...

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

पोखरा। पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा...

विराटनगरको बालसुधार गृहमा झडप, एक प्रहरी घाइते

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सुधार गृहमा थप घटना हुन...

राप्रपा युवा संगठनको अधिवेशनमा विवाद : हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन

काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ । केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार...

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी...

तीन दिन स्थिर अमेरिकी डलरको भाउ आज बढ्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४०...

स्याङ्जाको चापाकोटमा डिप ट्युबेलबाट खानेपानी र सिँचाइ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१० बोटेटारमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भूमिगत जलश्रोत तथा सिँचाइ कार्यालय नवलपुरको अगुवाईमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको हो । बोटेटारका...

काम गर्दा लाग्ने रोगलाई सरकारले‘व्यवसायजन्य रोग’को कानुनी मान्यता दियो

काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको...