प्रमुख समाचार


२५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिकट किन्दा एनसेलको सिम फ्रि

पोखरा । २५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको युवा आदर्श युवा क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यहि मंसिर २२ गतेदेखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक, सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा हुने प्रतियोगिताको...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । त्यस्तै दिउँसो १ बजे...

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

स्याङ्जा । स्याङ्जामा ५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ थालिएको छ ।स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम...

आज देशभरको मौसम सफा रहने

पोखरा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मूख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश, गण्डकी...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण

पोखरा । नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्स र टिटि ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई विद्युतिय सवारी चार्ज गर्ने फास्ट चार्जर हस्तान्तरण गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वीराजमार्ग...

कतार एयरवेजको भैरहवा उडान स्थगित

बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक...

काठमाडौं–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।रोजिना...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा...