प्रमुख समाचार


पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१...

एमाले सचिव अर्यालको आरोप : एमालेलाई हराउन नसक्ने देखेर सरकार मतपत्र लुट्ने योजनामा लाग्यो

पोखरा । नेकपा एमालेका सचिव पद्या अर्यालले गठबन्धन सरकार निर्वाचनमा मतपत्र डकैती गर्ने तर्फ लागेको आरोप लगाएकी छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै अर्यालले सरकार मतपत्र लुट्ने गरि योजना बनाएको बताईन्...

आजदेखि दल दर्ता सुरु

काठमाडौं । आजदेखि दल दर्ता सुरु हुने भएको छ । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता सुरु हुने भएको हो ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा...

प्रतिनिधि सभा बैठक बस्दै : जबराविरुद्धको महाभियोगमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैं छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा...

मंसिरमा हुने निर्वाचनले नेकपा(एस)लाई स्थापित गराउँछ : अध्यक्ष नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ४ मंसिरमा हुने निर्वाचनबाट आफ्नो शक्ति बढाउने बताएका छन् । शनिबार मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि जनतामा जान र जनताको दुखशुखमा...

सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तह प्रमुख र उपप्रमुख पोखरामा

पोखरा । सिद्धार्थ राजमार्ग अन्तर्गतका स्थानीय तहहरूको गोष्ठी पोखरामा सुरु भएको छ । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानी तहका प्रमुखहरुको मचको आयोजनामा गोष्ठी भएको हो । गोष्ठी सोमबारसम्म चल्ने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । गोष्ठीमा...

पशुपतिनाथ पुगेर मन्त्री श्रेष्ठले भने ‘सम्पदाको संरक्षण र सरसफाइमा ध्यान पुगेन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्नस्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन् । मन्त्री...

मुख्यमन्त्रीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन्

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो...

नारायणकाजी श्रेष्ठलाई माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी

नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म...