प्रमुख समाचार


भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त...

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी , आज दुई पटक धक्का

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड...

कोरीया जाने टोलीमा महानगरले निजी क्षेत्र समावेश नगरेकोमा यातायात व्यवसायी असन्तुष्ट

  पोखरा । कोरियामा आयोजित हरित यातायात सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएको पोखरा महानगरको टोलीमा निजी क्षेत्रलाई समावेश नगरेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि पोखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका...

गण्डकीले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित...

पोखरा महानगरमा बाहिरका फूल आयातमा रोक

पोखरा । पोखरा महानगरमा बाहिरका फूल आयातमा रोक लगाइएको छ । महानगरले शुक्रवार सूचना जारी गरी स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न निर्देशन दिएको हो । यसअघि संघको वन तथा वातावरण मन्त्रालयले पनि भारतीय फूल आयातमा रोक लगाएको थियो । महानगरले प्लास्टिकजन्य...

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध...

आगामी फागुन २० मा राष्ट्रियसभाका यी २० सांसदको पदावधि सकिदैं

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आगामी माघ दोस्रो साताका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन्...

गुटेरेसको सुरक्षामा अन्नपुर्ण बेसक्याम्पमा खटिएका असई टिकारामको लेक लाग्दा ज्यान गयो

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर ज्यान गएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा...

 पहाडी भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका...