प्रमुख समाचार


मुलुकलाई अस्थिर बनाई राख्ने गम्भीर षडयन्त्र हुँदैछ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई उचालेर मुलुकलाई फेरि द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्चमा मुद्दा हाल्ने काम...

राष्ट्रपति निर्वाचनका लागि मतदातालाई भोलि(बुधबार) काठमाडौं पुग्‍न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं पुग्न निर्देशन दिएको छ । गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदातालाई बुधबार...

माओवादी घटकको बैठक : पार्टी एकता गर्न प्रचण्डको प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटकहरु एक हुनुपर्ने बताएका छन् ।मंगलबार आठ माओवादी धारको बैठकमा बोल्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक हुनुपर्ने बताएका हुन् । बैठकमा उनले पार्टी एकताको...

प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका...

राष्ट्रपति निर्वाचन : आजदेखि प्रचारप्रसारमा निषेध

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ ।सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार यो अवधिमा निर्वाचन...

आज गण्डकीसहित तीन प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । आज...

पोखरामा रङसंगै रमाए पर्यटक (भिडियो)

पोखरा । फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइडमा आयोजित होली उत्सवमा पर्यटक रङमा झुमेका छन् । पर्यटकको बसाइ लम्ब्याउन पोखराको लेकसाइडमा १६ वर्षदेखि फागु पूर्णिमामा होली उत्सव आयोजना गरिँदै आएको छ। नेपाली परम्परागत पञ्चेबाजाका साथ उत्सवमा सहभागी पर्यटकलाई...

आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

पोखरा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखलामा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रन बनाउँदा...

पोखरामा होलीको रौनक (तस्बिरमा)

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । पर्यटकिय नगरी पोखरामा पनि विविध कार्यक्रमका आयोजना गरिएका छन् । रेवान पोखराले पर्यटकका लागि होली कार्यक्रममा आयोजना गदैछ । पोखरा घुम्न आएका पर्यटक हरेक वर्ष होलीको अवसरमा रमाउने गरेका छन् । पोखराको...