प्रमुख समाचार


माओवादी केन्द्रबाट को-को बन्दैछन् मन्त्री, यी हुन् मन्त्रीका दाबेदार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने मन्त्री बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । अहिले केहीबरेमा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले...

कांग्रेस पौडेल समूहबाट यी हुन् मन्त्रीका दाबेदार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री...

बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं । १८ वर्ष मुनिका बालबालिकाका लागि दिइने कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ । सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई दशैं लगत्तै खोप लगाउने तयारी गरिरहेको छ । सो खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले...

गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिदै, कुन जिल्लामा साक्षर दर कति ?

पोखरा । गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्ला साक्षर जिल्ल घोषणा भइसकेकाले गण्डकी प्रदेश सरकारले २४ असोजमा पोखरामा विशेष समारोह आयोजना गर्दै साक्षर प्रदेश घोषणा गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा...

पोखरामा विद्युतको माग धान्न ६२ ट्रान्सफर्मर थप्नुपर्ने, ९ करोड लाग्ने

पोखरा । पोखरामा दिनहुँ बढिरहेको विद्युतको मागलाई व्यवस्थापन गर्नका लागि ६२ वटा ट्रान्सफर्मर थप्नुपर्ने भएको छ । विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख केदारराज सिलवालका अनुसार त्यसका लागि प्राधिकरणले ९ करोड रुपैयाँ खर्चिनुपर्ने छ । यसका...

एजेन्डा बनाउनेहरु सांसद र मन्त्री बने, तर पोखरा बसपार्क बनेन ( विजोग बसपार्कको भिडियोसहित)

पोखरा । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर सुन्दर पोखरामा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको ४६ वर्ष पार भएको छ । १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर...

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन...

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...

गठबन्धनमा भागवण्डा नमिल्दा राजनीतिक संकट निम्तने खतरा

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रीको संख्या र मन्त्रालयको भागवण्डाले किचलो बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भूमिका प्रति नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आशंका जनाउन थालेका छन् । समान हैसियतमा मन्त्रालय...