प्रमुख समाचार


गोरखा–१ मा सुदन गुरुङले गरे उम्मेदवारी दर्ता

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...

निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर २ बाट दर्ता गरे उम्मेदवारी

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत...

माधव नेपालले रौतहट–१ बाट गराए उम्मेदवारी दर्ता

रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर...

मोरङ ६ बाट शेखर कोइरालाले गरे मनोनयन दर्ता

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

हर्क साम्पाङद्वारा सुनसरी-१ बाट उम्मेदवारी दर्ता

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले म‌ंगलबार निर्वाचन अधिकृतको कार्यलय पुगी उम्मेदवारी दर्ता गराउनुभएको...

कास्की क्षेत्र नम्बर १ मा एमालेका बैन बहादुर अधिकारीले गराए उम्मेदवारी दर्ता

  पोखरा । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट बैनबहादुर अधिकारी क्षेत्रीले उम्मेद्वारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा नेकपा एमालेका नेता मनबहादुर गुरुङ र नेकपा एमालेका नेता पंगेनी टिकाराम पंगेनी समर्थक छन् । उम्मेद्वारी...

कास्की क्षेत्र नम्बर १  मा नेपाली कम्युनिष्ट पार्टीका राजकाजीले गराए उम्मेदवारी दर्ता

  पोखरा । कास्की क्षेत्र नम्बर नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट राजकाजी गुरुङ करणले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा नेपाली कम्युनिस्ट पार्टीका नेता श्रीनाथ बराल र समर्थकमा नेता दिपक कोइराला छन्। उम्मेदवारी दर्ता...

सर्लाही–२ मा राजेन्द्र महतोको उम्मेदवारी

मलङ्गवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय...

कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीबाट मनिसा द्वाले गरिन् उम्मेदवारी दर्ता

कास्की क्षेत्र नम्बर १ मा उज्यालो पार्टीको तर्फवाट मनिसा द्वा ले उम्मेदवारी दर्ता गरेकी छिन् । उनको प्रस्तावकमा मिलाप द्वा र समर्थक कुलदिप पौडेल रहेका छन् ।